उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा समन्वय गर्नुपर्छ: राष्ट्रपति भण्डारी

काठमाडाैं | पुस २४, २०७९

उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा समन्वय गर्नुपर्छ: राष्ट्रपति भण्डारी

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैङ्किङ तथा वित्तीय संस्थाहरूले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको बताउनुभएको छ । 


आइतबार राष्ट्रपति कार्यालयमा भएको बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरू उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न अझ धेरै कामहरू गर्नुपर्नेमा जोड दिनुभयो ।


राष्ट्रपति भण्डारीले बैङ्क तथा वित्तीय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयमा विश्व विद्यालयहरू, प्राज्ञिक व्यक्तित्व तथा विज्ञद्वारा अध्ययन अनुसन्धान गरी सुधारका लागि सम्बन्धित निकायलाई अभिप्रेरित गर्नु राम्रो भएको बताउनुभयो । आर्थिक क्षेत्रमा आवश्यक पर्ने दक्ष मानव संसाधन स्वदेशमा नै उत्पादन गरी स्वदेशकै सेवामा लगाउन सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । नवप्रवर्द्धन र उद्यमशीलताका लागि युवापुस्तालाई अभिप्रेरित गर्न परिसंघको ठूलो नैतिक एवं भौतिक कामको अपेक्षा मुलुकले गरेको पनि बताउनुभयो । 


आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्धन गर्न सके आयातमा आधारित उपभोग प्रणाली यसमा आधारित राजश्व प्रणालीमा सुधार ल्याउन सकिने बताउनुभयो । राष्ट्रपति भण्डारीले आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संसाधनको विकासमा मद्दत गर्ने हेतुले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा राज्यको परिपूरकको रूपमा परिसंघले थप योगदान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 


उहाँले भन्नुभयो, ‘पुँजीको निर्माण र परिचालका क्षेत्रमा हाम्रा उद्देश्यहरू उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न अझ धेरै कार्य गर्नुपर्ने छ ।’ त्यसका लागि बैङ्किङ तथा वित्तीय संस्थाहरूले नेपाल सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको उहाँको भनाइ छ । 


बैङ्क तथा वित्तीय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयमा विश्व विद्यालयहरू, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरूद्वारा अध्ययन अनुसन्धान गरी निजीगत सुधारका लागि सम्बन्धित निकायहरूलाई अभिप्रेरित गर्नुपर्ने कार्य सह्रानीय रहेको उहाँले बताउनुभयो । आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्धन गर्न सकेमा आयातमा आधारित उपभोग प्रणाली यसमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिन्छ उहाँले भन्नुभयो । 


आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संसाधनको विकासमा सहयोग गर्ने हेतुले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा राज्यको परिपूरकको रूपमा परिसंघले थप योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध बिस्तार गरी पुँजीको परिचालन गर्न आजको आवश्यकता भएको उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग सम्बन्ध बिस्तार गरी पुँजीको परिचालन गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्